नेपाली पौडीवाज गौरीकाले बनाइन् अर्को कीर्तिमान

काठमाडौं। गौरिका सिंह र एलेक्जेन्डर शाहले अठारौं फिना विश्व च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

गौरिकाले महिला १ सय मिटर फ्रिस्टायल १ मिनेट ००.६२ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेका १ मिनेट ००.७९ सेकेन्डको कीर्तिमानमा सुधार गरेको दक्षिण कोरियोबाट पौडी प्रमुख प्रशिक्षक शंकर कार्कीले जनाएका छन् । ९६ प्रतिस्पर्धी सहभागी उक्त स्पर्धामा गौरिका समग्रमा ६९ औं स्थानमा रहिन् ।

एलेक्जेन्डरले पुरुष १ सय मिटर फ्रिस्टायलमा ५६.२८ सेकेन्डको कीर्तिमान रचे । उनले २०१७ मा काठमाडौंमा भएको सातौं एनएस कप पौडीमा शिरीष गुरुङले बनाएको ५७.८८ सेकेन्डको कीर्तिमान भंग गरेका हुन् । एलेक्जेन्डरको स्पर्धामा १ सय २३ खेलाडीले प्रतिस्पर्धा गरेकोमा उनी १०२ औं स्थानमा रहे ।

डिसी नेपाल

भर्खरै

Archives

छुटाउनुभयो कि?

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

कोरोनाको कहरमा स्कटल्याण्डमा काशिरामको समाजसेवा

भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा भिडन्त

सामान्य कुरा जसले कोरोना संक्रमण बढ्न दिदैनन् : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

नेपालको संविधानको मनसाय

‘भय र पक्षधरतामुक्त पत्रकारिता’ : यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस को नारा

कोरोना संक्रमण र मुटुरोग बाट कसरि बच्ने ?

Mobile Sliding Menu

Himalayamail.com