नदीमा डुबेर दुई जनाको मृत्यु

कैलाली । कैलालीमा छुट्टाछुट्टै ठाउँमा नदीमा डुबेर २ जनाको मृत्यु भएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका–६ गुलराकी रामकिसुन चौधरीकी १५ वर्षीया छोरी कल्पना चौधरीको स्थानीय चरेला नदीमा डुबेर मृत्यु भएको छ।

बिहान करिब ८ बजे हराएकी मृतक चौधरी आफन्तले खोजी गर्दा फेला नपारेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ४ बजेको समयमा चरेला नदीको किनारामा शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए।

त्यस्तै घोडाघोडी नगरपालिका वडा न–१ बेलारगाउँस्थित सुक्तिकाँडा नदीमा डुबेर दैलेखका एक किशोरको मृत्यु भएको छ।

दैलेखको चामुण्डा विन्दासैनी नगरपालिका वडा न–८ घर भइ सुख्खडको बेलारगाउँमा फुपूको घरमा आएका नारायण न्यौपानेका १६ वर्षीय छोरा नवराज न्यौपानेको मृत्यु भएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए।

उनका अनुसार घर नजिकै खेलिरहेको अवस्थामा पानीको ड्याममा खसेपछि घाइते भएका थिए। घाइतेलाई उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको हो।

डिसी नेपाल 

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

Mobile Sliding Menu

Himalayamail.com