ब्रिटिश नेपलिज प्रिमियर लिग सुपर ८ कर्पोरेट क्रिकेट प्रतियोगिता हुने

लन्डन । आगामी अगष्ट ११, आइतबार साउथहलको लन्डन टाइगर्स स्पोर्टस कम्प्लेक्स मैदानमा ब्रिटिश नेपलिज प्रिमियर लिग सुपर ८ कर्पोरेट क्रिकेट प्रतियोगिता- २०१९ हुने भएको छ ।

ग्रीनफोर्डस्थित केटिएम ट्राभल एण्ड टुर्सको संयोजनमा आउदो आगामी अगस्ट दोश्रो हप्ता साउथहल मैदानमा हुने मैत्रिपूर्ण क्रिकेट प्रतियोगितामा दर्शकहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

लन्डनमा पहिलोपटक हुन लागेको ‘ब्रिटिश नेपलिज प्रिमियर लिग सुपर ८ कर्पोरेट क्रिकेट प्रतियोगिता- २०१९’ बिहान ८ देखि सांझ ८ बजेसम्म सम्पूर्ण खेल र पुरस्कार वितरण गर्ने आयोजकको योजना छ ।

शनिबार सांझ डेनहमस्थित मंक रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले कार्यक्रमबारे जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा टुर्नामेन्ट डिरेक्टर विनोद विकास सिम्खडा, इभेन्ट डिरेक्टर सुनिल थापा, अपरेसन डिरेक्टर अभिषेक भट्टराई र टिम डिरेक्टर विक्रम गुरुङले खेलका विभिन्न पक्षबारे प्रष्ट्याएका थिए ।
बेलायतमा धेरै कार्यक्रम र प्रतियोगिताहरु छन तर युवाहरुलाई समेट्ने कार्यक्रम कमै भएका छन् । नेपालीहरु बेलायतमा फुटबलमा प्रतियोगितामा चुनिन मुस्किल भए पनि क्रिकेटको भविस्य उज्ज्वल छ । अझ व्यापारिक संघ संस्थाको पहलमा हुने कार्यक्रमले खेल र खेलाडीको व्यवसायिकता विकासमा टेवा पुग्ने राय इभेन्ट डिरेक्टर सुनिल थापाको राय छ ।

प्रतियोगी टिमहरुमध्ये ब्रिगेड अफ गोर्खाजलाई रेड २७ मोबाइल, टेन क्यूओजिएलआरलाई पिपल स्टेट एजेन्ट, गोर्खाज् कन्सट्रक्सन ह्यारोलाई गोर्खा कन्सट्रक्सन, डांफे क्रिकेट क्लब ग्रीनफोर्डलाई एचटिआर केयर एण्ड रिक्रुटमेन्ट, हिमालयन क्रिकेट क्लबलाई योर ड्राइभिङ स्कुल र नव युवा क्रिकेट क्लबलाई खुकुरी बियरले प्रायोजन गर्ने आयोजकले जनाएका छन् ।

केटिएम ट्राभल एण्ड टुर्सका प्रबन्ध निर्देशक सुनिल थापाले प्रतियोगितामा उत्साहजनक सहभागिता हुने विश्वास व्यक्त गरेका छन् । 

युवा पुस्तालाई साथ र हौसला दिने अभियानमा बेलायतवासी सबैलाई सहभागीताकालागि हार्दिक अनुरोध गरेका छन् ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

Mobile Sliding Menu

Himalayamail.com