६ घण्टा १ मिनेटमा सगरमाथा र लोत्से चढेर मिङ्माले बनाए विश्व कीर्तिमान

आरोही मिङ्मा दोर्ची शेर्पाले सगरमाथा र लोत्से हिमाल ६ घण्टा १ मिनेटमा आरोहण गर्दै विश्व कीर्तिमान कायम गरेका छन्।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शेर्पाले आफ्नो कीर्तिमानबारे जानकारी गराएका हुन्।

उनले यहीँ सिजनमा विश्वको पाँचौं अग्लो मकालु शिखरको समेत आरोहण गरेका छन्।

गत जेठ १३ गते सोमबार बिहान १२:४४ मा समरमाथाको आरोहण सुरू गरेका मिङमा सोही दिनको बिहान ६:४५ मा लोत्से शिखर पुगे।

आफ्नो आरोहणले ‘भिजिट नेपाल ट्वान्टी-ट्वान्टी’ लाई समेत सहयोग पुर्याएको उनले बताए।

साथै नेपालमा विदेशी पर्यटक भित्र्याउन आ-आफ्नो क्षेत्रबाट सबैले भूमिका खेल्नुपर्नेमा उनले जोड दिए।

विगतभन्दा हिमाल आरोहण गर्ने विदेशीहरूको बढ्दै गएको भन्दै यसलाई अझैं व्यवस्थित र विकसित गर्दै लैजान राजनीतिज्ञ र पर्यटन व्यवसायीहरू मिलेर अघि बढ्नुपर्ने उनले बताए।

सेतोपाटी

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

Mobile Sliding Menu

Himalayamail.com