आगलागीबाट करोडौँको क्षति

लम्की । कैलालीको बर्दगोरिया गाउँपालिका–१ सडकपुर बौनियाँमा इलेक्ट्रोनिक पसलको गोदाममा आगलागी हुँदा करोडौँको क्षति भएको छ। 

स्थानीय व्यापारी प्रकाशनाथको इलेक्ट्रोनिक्स पसलको गोदाममा आगलागी हुँदा रु एक करोड ३० लाख बराबरको क्षति भएको पीडित नाथले बताए ।

शुक्रबार भएको आगलागीबाट गोदाममा राखिएका फ्रिज, पङ्खा, मोटर, राईसकुकर विद्युत् वाइरिङका सामानका साथै सोही घरभित्र रहेका अन्नपात लगायतका अन्य सामान पनि जलेर नष्ट भएका छन् । 

आगो लम्की चुहा नगरपालिका र घोडाघोडी नगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सक्रियतामा करीब दुई घण्टापछि मात्रै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बौनियाले विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने जनाएको छ ।

रासस

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

Mobile Sliding Menu

Himalayamail.com