कार्यकर्तालाई संयमता अपनाउन समाजवादीको पार्टीको निर्देशन

काठमाडौं । पार्टी अध्यक्ष  तथा उपप्रधानमन्त्री उपेन्द्र यादवको एक अन्तर्वार्तालाई लिएर पर्साको वीरगञ्जस्थित एभिन्यूज टेलिभिजनको ब्यूरो कार्यालयमा तोडफोड भएपछि समाजवादी पार्टीले संयमता अपनाउन कार्यकर्तालाई निदेर्शन दिएको छ । पार्टी केन्द्रीय कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै कार्यकतालाई संयमता अपनाउन भनेको हो । 

आइतबार एभिन्युजको एक कार्यक्रममा उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष यादव र कार्यक्रम प्रस्तोताबीच ताव उत्पन्न भएपछि यादवले कार्यक्रम बिचैमा त्यागेका थिए ।  

त्यसको विरोधमा सोमबार वीरगञ्जस्थित एभिन्युज टेलिभिजनको ब्यूरो कार्यालयमा तोडफोड भएको थियो । समाजवादी पार्टीले आइतबार भएको सो प्रकरणमा पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री यादवको अपमान गरिएको भन्दै निन्दा गरेको छ । उसले पत्रकार आचार संहिता विपरित अमान गरिएको भन्दै यस दुःखद घटनाप्रति सबैको ध्यानाकर्षण गराएको छ । 

डिसी नेपाल 

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

Mobile Sliding Menu

Himalayamail.com