दुई वर्षभित्र गण्डकी उज्यालो प्रदेश बनाइने

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई वर्षभित्र गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाइने बताएका छन् । तनहुँको घिरिङ गाउँपालिका–३ मानपुरमा सोमबार आयोजित कार्यक्रममा उनले दुई वर्षभित्रमा प्रदेशका सबै घरमा बिजुली पु¥याइने बताए । 

प्रदेशका नौ प्रतिशत घरधुरीमा बिजुली पुग्न बाँकी रहेको र नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरी सबै घरमा बिजुली पु¥याउन प्रदेश सरकार लागि परेको उनको भनाइ थियो । उनले जलविद्युत्मा गण्डकी प्रदेश सबैभन्दा धनी भए पनि केही घरधुरी अझै पनि अन्धकारमा बस्न बाध्य भएको बताए । 

भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले विकासको काममा अब प्रदेश अगाडि बढिसकेको बताए । पाँच वर्षभित्र प्रदेशलाई सबैभन्दा समृद्ध प्रदेश बनाइने उनले उल्लेख गरे । प्रदेशका १५ प्रतिशत घरधुरीमा खानेपानी सुविधा नपुगेको हुँदा दुई वर्षभित्रमा नै सबै घरमा खानेपानी सुविधा पुग्ने उनले बताए । 

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युत्सम्बन्धी समस्या समाधान गर्न मुख्यमन्त्री गुरुङ समक्ष अनुरोध गरेका थिए । 

रासस

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

Mobile Sliding Menu

Himalayamail.com