रसुवाबाट ७ किलो अवैध सुन बरामद

काठमाडौं । प्रहरीले रसुवाको टिमुरेबाट सात केजी अवैध सुन बरामद गरेको छ । चीनबाट रसुवाको केरुङ नाका हुँदै भित्रिएको ७ केजी सुन प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो।   
प्रधानमन्त्री ओली केपीले संगठित सुन तस्करी रोक्न सरकारले सफल भएको बताइरहेकै महिनामा एक पछि अर्को अवैध सुन बरामदका घटनाहरु सार्वजनिक भइरहेका छन्।

२०७४ माघ ९ मा मोरङ उर्लाबारीका गोरे भनिने चुणामणि उप्रेतीको समूहले विमानस्थल हुँदै भित्र्याएको ३३ केजी अवैध सुन हराएपछि सुरु भएको अपहरण र व्यक्ति हत्याको घटनामाथि अनुसन्धान गर्न सरकारले उच्चस्तरीय समिति नै बनाएको थियो।

उक्त समितिले २०७५ साउनमा संगठित सुन तस्करीबारे साढे सात सय पृष्ठको प्रतिवेदन प्रधानमन्त्री केपी ओलीलाई बुझाएका थिए। तर, उक्त प्रतिवेदनमाथि त्यसयता न त प्रधानमन्त्री कार्यालयले थप अनुसन्धान र कारबाही सुरु गर्‍यो न यो प्रतिवेदनमा टेकेर गृह मन्त्रालयले नै कुनै कारबाही अघि बढायो। बरु प्रधानमन्त्रीले संगठित सुन तस्करीको सञ्जाल ध्वस्त भएको अभिव्यक्ति दिइरहे।

प्रधानमन्त्रीले संगठित सुन तस्करीको जालो ध्वस्त पारेको बताइरहँदा गृह मन्त्रालयले भने फागुन १३ मा प्रतिवेदन जारी गर्दै १ सय १४ केजी १ सय २३ ग्राम सुन बरामद गरेर १८ करोड ८ लाखभन्दा धेरै राजस्व असुली गरेको प्रतिवेदन सार्वजनिक गर्‍यो। गृहले जारी कार्यसमीक्षा प्रतिवेदनमा संगठित सुन तस्करीमा संग्लन ७५ प्रतिवादीमध्ये ४६ जनालाई पक्राउ गरेको जनाएको छ।

प्रधानमन्त्री ओलीले सोमबार राजधानीमा नेकपा स्थापना दिवसका अवसरमा बोल्दै सरकारले संगठित सुन तस्करीको प्वाल टालेको बताएका थिए। 

डिसी नेपाल

भर्खरै

Archives

छुटाउनुभयो कि?

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

कोरोनाको कहरमा स्कटल्याण्डमा काशिरामको समाजसेवा

भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा भिडन्त

सामान्य कुरा जसले कोरोना संक्रमण बढ्न दिदैनन् : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

नेपालको संविधानको मनसाय

‘भय र पक्षधरतामुक्त पत्रकारिता’ : यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस को नारा

कोरोना संक्रमण र मुटुरोग बाट कसरि बच्ने ?

Mobile Sliding Menu

Himalayamail.com