व्यावसायिक स्याउ खेतीका लागि परीक्षण शुरु

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा व्यावसायिकरूपमा स्याउ खेतीको विकासका लागि परीक्षण शुरु भएको छ। 

गाउँपालिकाले पालिकाभित्रका सातवटै वडामा सामूहिकरूपमा व्यावसायिक स्याउ खेती विकास गर्न पहिलो चरणमा एक हजार ४०० उन्नत जातका स्याउको बेर्ना वितरण गरेको गाउँपालिका अध्यक्ष सन्तोष गुुरुङले जानकारी दिए।

गण्डकी प्रदेशअन्तर्गतको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको सहयोगमा गाउँपालिकाभित्रका भूकम्पपीडितको जीविकोपाजर्नमा टेवा पु-याउने उद्देश्यले स्याउ खेतीको विकासलाई अघि बढाउन लागिएको उहाँले बताए। “अहिले सबै वडामा दुई–दुई सय दरले स्याउको बेर्ना वितरण गरेका छौँ”, अध्यक्ष गुरुङले भने, वितरण गरिएका बेर्ना रोप्ने काम शुरु भएको छ।’

गाउँपालिकाले सवै वडामा सामूहिकरूपमा खेती गर्ने गरी स्याउको बेर्ना वितरण गरेको वडाध्यक्ष गुरुङको भनाइ छ। 

“दर्ता भएका सबै समूहलाई गाउँपालिकाले सूचीकृत गर्नेछ”, उनले भने, “पाएसम्म सार्वजनिक जग्गामा सामूहिक खेती शुरु गर्ने र सार्वजनिक जग्गा नभएमा भाडामा समूहले जग्गा लिएर भए पनि सामूहिकरुपमै खेती गर्नुपर्ने गरी गाउँपालिकाले कार्यविधि बनाएको छ।”

प्रत्येक घरमा एउटा–एउटा स्याउका बेर्ना लगाउँदा त्यसको व्यावसायिक प्रवद्र्धन गर्न समस्या हुने भएकाले गाउँपालिकाले सामूहिक खेतीमा जोड दिएको उनको भनाइ छ। “वितरण गरिएको स्याउको एउटा बेर्नाको नर्सरीमै रु एक हजार ५०० परेको छ, उनले भने, यहाँ गाउँसम्म ल्याइपुर्याउँदा रु दुई हजार ५०० सम्म पुग्नसक्छ।” वितरण गरिएको स्याउ रोप्नका लागि एक महीनादेखि नै खाल्डो खन्ने, मल राख्ने काम भइरहेको अध्यक्ष गुरुङले जानकारी दिए।
 
एग्रो मनाङ नर्सरीमार्फत डाला, फुजी र गोल्डन जातका इटालीबाट झिकाएर वितरण गरिएको उक्त उन्नतजातको स्याउ एक वर्षभित्रमा फल दिनसक्ने खालको रहेको उनले बताए।

करीब दुई हजार मिटर उचाइको भूभागमा राम्रो हुनसक्ने भएकाले वितरण उन्नतजातको स्याउ धार्चेका सबै वडामा राम्रो उत्पादनको सम्भावना रहेको जानकारी दिए।

वितरण गरिएको स्याउको बेर्नाले उत्पादन दिने भएकाले भूकम्पपीडितले छिटो आम्दानी गर्नसक्ने उनको भनाइ छ। 

एक वर्षभित्रमा हुने उत्पादनलाई आधार मानेर धार्चे गाउँपालिकालाई स्याउको पकेट क्षेत्रको रूपमा विकास गरेर लैजाने योजना गाउँपालिकाले बनाएको अध्यक्ष गुरुङले जानकारी दिए। 

डिसी नेपाल

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

Mobile Sliding Menu

Himalayamail.com