हनुमानढोकामा होलीका लागि तयार भयो चीर

काठमाडाैंमा बिहिबारदेखि फागु सुरू भएकाे छ।

फागुन शुक्ल अष्टमीकाे अवसरमा बिहान ११:५५ काे साइतमा ‘चीर’ उठाइ एक अर्कालाई रंग लगाएर फागुकाे विधिवत सुरूआत गरिएकाे हो।

हनुमान ढाेकाका चार ठाउँ (सुन्दरी चाेक, दाग चाेक, मुल चाेक र वसन्तपुर) मा चीर राखिएकाे छ।

हिन्दु महासंघका अध्यक्ष राजन महर्जनका अनुसार यसकाे आफ्नै विशेषता छ।

‘सुन्दरी चाेकमा मल्ल राजा, दाग चाेकमा भारद्वारहरूले फागु खेल्थे,’ उनले भने, ‘मूलचाेकमा दरबारका कर्मचारी र वसन्तपुरमा जनतालाई खुसी पार्न चीर उठाएर फागु मनाउने दिइयाे।’

यी चार ठाउँबाहेक नारायणहिटी दरबारमा समेत चीर उठाएर फागु प्रारम्भ गरिन्थ्याे। गणतन्त्रपछि भने याे नरहेकाे महर्जनले बताए।

महर्जनका अनुसार फागुकाे प्रारम्भका रूपमा उठाइने चीर भनेकाे मयलकाे रूख हाे। मयलकाे रूखमा बसेर कृष्णले गाेपिनीहरू निरवस्त्र पाेखरीमा नुहाइरहेका हेरिरहेका हुन्छन्। उनीहरूकाे लुगा लुकाइदिन्छन्। पछि माफी मागेपछि फिर्ता दिन्छन्। त्यही मयलकाे रुख स्वरूप चीर राखिन्छ।

सबभन्दा ठूलाे चीर वसन्तपुरमा देख्न सकिन्छ। रंगीविरंगी ध्वजाले सजिएकाे त्याे चीरकाे ध्वजाले गाेपिनीकाे लुगा मयलकाे रूखमा कृष्णले लुकाएकाे संकेत हुने महर्जन बताउँछन्।

‘यसरी कलियुगमा भगवानकाे कथा देखाइन्छ,’ उनले भने, ‘मूल चाेकमा रहेकाे चीरमा ७ गाेपिनी र कृष्णकाे मूर्ति राखिन्छ। त्याे यसैकाे संकेत हाे।’

फागु शुक्ल अष्टमीबाट सुरू भएकाे फागु पूर्णिमासम्म मनाइन्छ। अन्तिम दिन चीर ढालिन्छ र मयलकाे रूखलाई तानेर हनुमानढाेका हुँद‌ै टुँडिखेल लगिन्छ।

‘त्याे क्रममा चीरमा रहेकाे लुगा लुछाचुँडी गर्नेकाे भिड पनि बाक्लै हुन्छ,’ महर्जनले भने, ‘चीरकाे लुगाले बच्चाहरूकाे राग निकाे हुने र रुन्चे समस्या हट्ने मान्यता छ।’

टुँडिखेलमा लगेकाे चीरलाई भने पराल र गुइँठामा आगाे बालेर साइतअनुसार जलाइन्छ। याे पटक साइत १० बजेर ३ मिनेटमा रहेकाे महर्जनले बताए।

‘यसरी काठमाडाैंमा चीर जलाएकाे भाेलिपल्ट तराईमा फागु मनाइन्छ,’ उनले भने।

सेतोपाटी

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

Mobile Sliding Menu

Himalayamail.com