२१५ सहसचिवको पदस्थापन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन रोजेका ६६२ मध्ये २१५ सहसचिवको पदस्थापन गरेको छ ।

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार अझै ४४७ सहसचिवको पदस्थापन बाँकी छ । पदस्थापना भएकामध्ये १८६ जना सङ्घ, २६ जना प्रदेश तह र तीन जना स्थानीय तहमा जाने भएका छन् । 

बाँकी समायोजन रोजेका सहसचिवको चाँडै नै पदस्थापना गरिने अधिकारीले बताए । सङ्घमा ५६० र प्रदेशमा १०२ सहसचिवले समायोजन रोजेका थिए । 

सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ ल्याई तीनै तहमा समायोजन गरेका हो । सरकारले तीनै तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि माघ २ गतेसम्म अनलाइन फाराम भर्ने समयसीमा तोकेको थियो । 

करीब ८७ हजार कर्मचारीमध्ये झण्डै ७७ हजारले समायोजन रोजेका छन् । सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ ।

डिसी नेपाल

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

Mobile Sliding Menu

Himalayamail.com