ईन्जिनीयरहरुले लिए जिआईएस तालिम

दिनेश कुमार परियार / लण्डन

बेलायतका नेपाली ईन्जिनीयरहरुले भौगोलिक सूचना प्रणालीको तालिम लिएका छन् । सोसाइटि अफ नेपालिज इन्जिनियर्स युकेले शनिबार लण्डनको ब्ल्याकहीथको एभरेष्ट ईन रेष्टुरेन्टमा आयोजना गरेको हो ।

जीआईएस अर्थात भौगोलिक सूचना प्रणाली सम्बन्धि सो तालिममा लन्डन र आसपासका विभिन्न विधाका १५ जना इन्जिनीयरहरु सहभागी थिए ।

जीआईएस बिज्ञ डा. बिदुर घिमिरेले सहभागीहरुलाई तालिम दिएका थिए। उनले जीआईएसको इन्जिनियरिङ्ग एप्लीकेसन, बिभिन्न सप्mटवेयरहरुकाबीच आपसी सम्बन्धको चर्चा गरिएको थियो ।

समाजका बरिष्ठ सदस्य तथा सल्लाहकार के. के. श्रेष्ठले यस किसिमका कार्यक्रम इन्जिनियर समुदायका लागि अति उपयोगी हुने धारणा राखे ।

समाजका सदस्य तथा तालिमका संयोजक बेद भट्टराइले कार्यक्रम संचालन गरेका थिए । उनले आगामी दिनमा अटोक्याड , रेभिट , भिजुअल बेसिक लयायतका अरु सप्mटवयरहरुको पनि तालिम संचालन गरिने जानकारी दिए।

अन्य सहभागिहरुले पनि तालिमले पुर्नताजगी गराउनुका साथै उपयोगी भएको प्रतिकृया दिए ।

समाजका अध्यक्ष शैलेन्द्र श्रेष्ठले आगामी दिनहरुमा अरु उपयोगी तालिमहरु संचालनमा ल्याउने जनाए साथै ट्रैनिङ्ग टिम र सहभागीलाई धन्यबाद दिदै प्रमाण पत्र समेत प्रदान गरे ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com