२ गोठाालाको शव भत्केको ओडारमा

धादिङ । उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका ४ हिन्दुङको ओढारमा बेपत्ता भएका दुई गोठाला मृत भेटिएका छन्। बास बसेको ओडारभत्केर पुरिएका २ जना गोठालाको शव पाँचदिन पछि फेला परेको हो ।

गत आइतबार बस्तीमा अत्यधिक हिउँ परेपछि रुवीभ्याली ४ हिन्दुङका ४७ वर्षीय नुर्बु तामाङ र उनका १८ वर्षीय साला धनबहादुर तामाङ ओडार भत्किएर पुरिएका थिए। उनीहरुको शव बिहीबार साँझ फेला परेको प्रहरीले जनाएको छ।

बेपत्ताहरुको खोजीमा २७ जना सशस्त्र प्रहरी र ५० भन्दा बढी स्थानीय गाउँले खटिएका थिए । ढुंगाले थिचिएको अवस्थामा दुवैजनाको शव भेटिएको बताइएको छ ।

ओढारको मुखमा ठूला चट्टान खसेर टालिएपछि उनीहरु पाँच दिनदेखि बेपत्ता थिए। सडक संजालले नजोडिएको उक्त घटनास्थल सदरमुकाम धादिङवेशीबाट दुई दिनको पैदल दूरीमा पर्छ। घटनास्थल रुवीभ्याली गाउँपालिकाको केन्द्र सेर्तुङबाट ६ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ। 

उक्त क्षेत्रमा शुक्रबारदेखि नै लगातार हिउँ परिरहेको र घटना भएको दिन आइतबार पनि बिहानैदेखि हिमपात भएको थियो। हिमपातबाट जोगिन ओढारमा पसेकै बेला दुर्घटना भएको थियो।

डिसी नेपाल

Archives

छुटाउनुभयो कि?

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

Mobile Sliding Menu

Himalayamail.com