भक्तपुरमा एटिएम मेशिन फोरेर रकम चोरी गर्ने दुई जना पक्राउ

भक्तपुर । भक्तपुर सूर्यविनायक नपा–७ स्थित सानिमा बैंकको एटिएम मेशिन फोरी चोरी गरेको आरोपमा प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा काभ्रे तेमाल गाउँपालिका–२ सस्र्युखर्क घर भई हाल काभ्रे बनेपा बस्ने ३९ वर्षीय रमेश पाण्डे र सूर्यविनायक नगरपालिका–६ का २६ वर्षीय दिनेश सुकुभुटू रहेको महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरले जनाएको छ। 

बैंकले दिएको उजुरीका आधारमा दुबै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। रासस

Archives

छुटाउनुभयो कि?

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

Mobile Sliding Menu

Himalayamail.com