ज्यान मुद्दामा १० वर्ष जेल बसेका टासी शेर्पा नक्कली सुनसहित पक्राउ

काठमाडाैं– नक्कली सुन कारोवारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ जिल्ला बुढानिलकण्ठ नगरपालिका–१२ कपन खरिबोट नजिक नक्कली सुनको कारोवार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोलुखुम्बु घर भई काठमाडौँ बस्ने ३५ वर्षीय टासी शेर्पा रहेको प्रहरी प्रभागका प्रहरी निरीक्षक मीनबहादुर कुँवरले जानकारी दिए । 

कुँवरका अनुसार निजको कोठामा जाँच गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा सुन जस्तो देखिने १ केजी पहेँलो धातु बरामद गरी आवश्यक अनुसन्धान भइरहेकाे छ । शेर्पा २०५५ सालमा कर्तव्य ज्यान उद्योगमा १० वर्ष जेल बसी निस्केको र लामो समयदेखि नक्कली सुन कारोवारमा सङ्लग्न भई गत साउनमा पनि पक्राउ परेका थिए । 

निज टासी शेर्पाले फेसबुकमार्फत साथी बनाउने, विभिन्न समयमा नक्कली सुन देखाई प्रलोभनमा पारेर पैसा लिने गरेको र आफ्नो सुन तथा माला पसल छ भनी विभिन्न प्रलोभनमा पारी मानिसलाई ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

शेर्पाले हुम्ला जिल्लाको याल्बा घर भई सिमिकोटमा किराना पसल गरी बस्ने २७ वर्षीया किरण ग्याल्जेन लामाबाट रु तीन लाख ७० हजार नेपाली ठगी गरेको पाइएको छ । 

लोकान्तर

Archives

छुटाउनुभयो कि?

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

Mobile Sliding Menu

Himalayamail.com