युक्रेनी झडपमा एक्काइसको मृत्यु

अमदाइभका (युक्रेन), २० माघ । युक्रेनमा गत आइतबारदेखि सुरु भएको सरकारी सेना र रसिया पक्षधर विद्रोहीबीचको झडपमा परी ज्यान गुमाउनेको सङ्ख्या बिहीबारसम्म २१ पुगेको छ ।
सरकारी सेना र विद्रोहीबीच बिहीबार दिउसोसम्म तोप र रकेट आक्रमण जारी रहेको भएपनि अपरान्ह्बाट स्थितिमा सामान्य सुधार आएको सरकारी अधिकारीले एएफपीलाई बताएका छन् । उक्त क्षेत्रमा दुई पक्षबीच भएको भिडन्तपछि अमदाइभका र वरपरका मानिसहरु विस्थापित भई चिसोमा खुला आकाशमुनी जम्मा भई बसेका बताइएको छ ।
रसिया र युक्रेनले पछिल्लो झडप सुरु हुनुमा एक अर्कालाई दोषी भन्दै आरोप प्रत्यारोप लगाइरहेका छन् भने अन्तर्राष्टिय समुदायबाट झडप र मृत्यु सम्बन्धमा गहिरो चासो व्यक्त भएको छ । संयुक्त राष्ट्रसङ्घ, यूरोपियन युनियनलगायतले मिन्स्क सम्झौताको उल्लङ्घन गर्दै भएका पछिल्लो झडपप्रति संवेदनशील बन्न सरकार, विद्रोही र सम्बद्ध पक्षसँग आग्रह गरिसकेका छन् । रासस-एएफपी

भर्खरै

Archives

छुटाउनुभयो कि?

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

कोरोनाको कहरमा स्कटल्याण्डमा काशिरामको समाजसेवा

भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा भिडन्त

सामान्य कुरा जसले कोरोना संक्रमण बढ्न दिदैनन् : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

नेपालको संविधानको मनसाय

‘भय र पक्षधरतामुक्त पत्रकारिता’ : यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस को नारा

कोरोना संक्रमण र मुटुरोग बाट कसरि बच्ने ?

Mobile Sliding Menu

Himalayamail.com