खाना पकाउने ग्यासमा रु २५ वृद्धि

काठमाडौँ, १९ माघ । खाना पकाउने ग्यासको मूल्यमा प्रतिसिलिन्डर रु २५ वृद्धि भएको छ ।
आज राति १२ बजेपछि लागू हुने गरी प्रतिसिलिन्डर ग्यासको मूल्य बढेर अबदेखि प्रतिसिलिन्डर रु एक हजार तीन सय ५० पुगेको नेपाल आयल निगमका प्रवक्ता भानुभक्त खनालले राससलाई जानकारी दिनुभयो ।

“यसभन्दा अघि पनि ७८ रूपियाँ २४ पैसा प्रतिसिलिन्डर घाटा थियो र अहिले फेरि २५ रूपियाँ बढाउँदा पनि एक सय ६२ रूपियाँ ९१ पैसा प्रतिसिलिन्डरमा घाटा हुनेछ, समग्रमा आयल निगम अब पछिल्लो १५ दिनमा २३ करोड ९३ लाख रूपियाँ घाटामा हुनेछ”,उहाँले भन्नुभयो । इन्डियन आयल कर्पोरेसनबाट नै मूल्य बढेर आएपछि यहाँ पनि मूल्य वृद्धि गर्नुपरेको उहाँको भनाइ छ ।
यसभन्दा अघि प्रतिसिलिन्डर रु एक हजार तीन सय २५ मूल्य निर्धारण गरिएको थियो । पेट्रोल र डिजेलमा भने मूल्य यथावत् रहेको जनाइएको छ । रासस

भर्खरै

Archives

छुटाउनुभयो कि?

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

कोरोनाको कहरमा स्कटल्याण्डमा काशिरामको समाजसेवा

भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा भिडन्त

सामान्य कुरा जसले कोरोना संक्रमण बढ्न दिदैनन् : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

नेपालको संविधानको मनसाय

‘भय र पक्षधरतामुक्त पत्रकारिता’ : यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस को नारा

कोरोना संक्रमण र मुटुरोग बाट कसरि बच्ने ?

Mobile Sliding Menu

Himalayamail.com