महिलाको अपहरण भएको आशंकामा दुई जना पक्राउ

लहान । दुई साताअघि घरबाटै बेपत्ता भएकी एकल महिला कारीदेवी यादवको अपहरण भएको हुन सक्ने भन्दै स्थानीयले उनका दुई जना आफन्तलाई नियन्त्रणमा लिइ प्रहरीमा बुझाएका छन्।

गत साउन २५ गते आफ्नै घरबाट बेपत्ता भएकी गोलबजार १० निवासी ५५ वर्षीया कारीदेवी यादवको घरजग्गा अंशको विषयमा विवाद रहेको र सोही विवादका कारण अपहरण भएको हुन सक्ने भन्दै उनीहरुलाई प्रहरीमा बुझाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक भगिरथ रेग्मीले जानकारी दिए। पक्राउ परेका दुवै जनाको नाम प्रहरीले गोप्य राखेको छ।

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको र महिलाकोसमेत खोजीकार्य भइरहेको प्रहरी निरीक्षक रेग्मीले बताए। एकल महिला यादवको खोजतलासमा प्रहरीले चासो नदिएकोे भन्दै स्थानीयले आजै पूर्व-पश्चिम राजमार्गअन्तर्गत चोहर्वा सडकखण्ड एक घण्टा अवरुद्ध गरेका छन्।

अपरिचित व्यक्तिले मोटरसाइकलमा चढाएर कारीदेवीको अपहरण गरे पनि खोजीमा प्रहरीले तदारुकता नदेखाएकाले बाध्य भएर सडक अवरुद्ध गर्नुपरेको स्थानीयले बताएका छन्।

स्थानीयको अवरोधका कारण पूर्व र पश्चिमबाट आएका सवारी साधन बाटोमै अलपत्र परेका थिए।

रासस

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

Mobile Sliding Menu

Himalayamail.com