गाम्भियाको सङ्कट समाधान प्रयासप्रति राष्ट्रसंघ खुशी

अदिस अबाबा (इथियोपिया), १८ माघ । गाम्भियाको राजनीतिक परिवर्तनपछि देखिएको सङ्क्रमणकाललाई शान्तिपूर्ण रुपमा समाधान गर्न अफ्रिकी मुलुकबीच अझै असाधारण एकता प्रदर्शन गर्न संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेर्रेसले आग्रह गर्नुभएको छ ।

अफ्रिकी युनियनको २८ औँ शिखर सम्मेलनलाई सोमबार सम्बोधन गर्दै राष्ट्रसङ्घ प्रमुख गुटेर्रेसले भन्नुभयो, पश्चिम अफ्रिकी राष्ट्रको आर्थिक सङ्गठन (ईसीओडब्लूएएस) मा रहेको एकता र गाम्भियाली जनतालाई सम्भावित द्वन्द्वबाट बचाउनु सङ्गठनको प्रशंसनीय काम रहेको छ । यो विश्वका लागि उदाहरणीय काम भएको छ, गुटेर्रेसले थप्नुभयो ।

उहाँले भन्नुभयो, “जब हामीले कुनै पनि देशमा धेरै द्वन्द्वको सामना गर्छौँ, अन्तर्राष्ट्रिय समुदायको पहलमा मात्रै त्यसको समाधान सम्भव हुन्छ । अन्तर्राष्ट्रिय समुदाय पनि द्वन्द्वग्रस्त राष्ट्र वरपरको क्षेत्रीय एकताबाट पाइने सहयोगबाट नै समस्याको समाधान खोज्न सम्भव हुन्छ । यो नै विश्वव्यापी मान्यता हो ।”

“संसारले द्वन्द्व र सङ्कटको व्यवस्थापन वा रोकथाम गरेर अघि बढ्दा ठूलो सङ्कट टर्छ तर प्रायजसो विश्वभर निकै ढिलो र थोरै पहल हुँदा द्वन्द्वले विकराल रुप लिने गरेको पाइन्छ,” राष्ट्रसङ्घ प्रमुख गुटेर्रेसले बताउनुभयो । “मैले यस अफ्रिकी सङ्गठनले गाम्भियाको सङ्कट समाधानका लागि कसरी अघि बढ्छ ध्यानपूर्वक हेरेको छु ।”

पूर्व गाम्भियाली राष्ट्रपति याहया जामेहले गाम्भियाको सत्तालाई शान्तिपूर्वक निर्वाचित राष्ट्रपति अदामा वारोलाई हस्तान्तरण गर्नुमा अफ्रिकी सङ्गठन ईसीओडब्लूएएसको हस्तक्षेपकारी भूमिका महत्वपूर्ण रहेको आफूलाई राम्रो ज्ञान भएको गुटेर्रेसले बताउनुभयो ।

वारोले पूर्व राष्ट्रपति जामेहलाई सन् २०१६ को डिसेम्बरमा भएको निर्वाचनमा पराजय गरे पनि पूर्व राष्ट्रप्रमुखले गाम्भियामा सहज सत्ता हस्तान्तरण गर्न अस्वीकार गरिरहेको समयमा ईसीओडब्लुएएस आवद्ध राष्ट्रले एकताका साथ सत्ता हस्तान्तरण प्रक्रियामा पहल गरेका थिए ।

उक्त अवसरमा गुटेर्रेसले शान्ति र सुरक्षाका लागि संयुक्त राष्ट्रसङ्घ र अफ्रिकीबीच सहकार्य गर्नुपर्ने धेरै क्षेत्र भएको चर्चा गर्दै यी दुईको सहकार्यले अफ्रिकी जनताको जीवनस्तरमा सुधार गर्न सकिने बताउनुभयो । रासस-सिन्ह्वा

भर्खरै

Archives

छुटाउनुभयो कि?

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

कोरोनाको कहरमा स्कटल्याण्डमा काशिरामको समाजसेवा

भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा भिडन्त

सामान्य कुरा जसले कोरोना संक्रमण बढ्न दिदैनन् : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

नेपालको संविधानको मनसाय

‘भय र पक्षधरतामुक्त पत्रकारिता’ : यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस को नारा

कोरोना संक्रमण र मुटुरोग बाट कसरि बच्ने ?

Mobile Sliding Menu

Himalayamail.com