वैदेशिक रोजगार सञ्चय कोषका लागि कार्यदल गठनको NRNA द्वारा स्वागत

काठमांडु : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा वैदेशिक रोजगारसञ्चय कोष गठनका लागि कार्यदल गठन गर्ने महत्वपूर्ण कदमकोगैरआवासीय नेपाली संघले हार्दिक स्वागत गरेको छ  ।  माननीयश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको सकारात्मक भूमिका प्रति संघ हार्दिक आभार प्रकट गर्दै संघका प्रवक्ता भूषण घिमिरे द्वारा जारी प्रेस बिज्ञप्तीमा   भनिएको छ ।

प्रेस बिज्ञप्ती जस्ताको तस्तै :

गैरआवसीय नेपाली संघले वैदेशिक रोजगारीमा गएका कामदारको हकहितका लागि वैदेशिक रोजगार सञ्चय कोष स्थापना गर्न केही वर्षदेखिअनवरत रुपमा लागि रहेको छ । गैरआवासीय नेपाली संघ र कर्मचारीसञ्चय कोष बिच वैदेशिक रोजगारमा रहेका कामदार कर्मचारीहरुलाईकोषको दायरामा ल्याउने सम्बन्धमा २०७३ साल आषाढ १० गतेसमझदारी पत्रमा हस्ताक्षर भएको थियो । सो समझदारी पत्रमा भएकाशर्त तथा अवस्थाहरुलाई अक्षरस पालन गर्न विगत दुई कार्यकालमाकार्यदल गठन भई आवश्यक काम कारवाही भइरहेको छ । साथैगैरआवासीय नेपाली संघको पहलमा कर्मचारी सञ्चय कोष, वैदेशिकरोजगार सञ्चय कोष सञ्चालन नियमावली, २०७३ को मस्यौदा तयारगरिएको थियो । गैरआवासीय नेपाली संघले पटक पटक गरेको पहलअनुरुप आएको मन्त्रालयको यस कार्यदल गठन गर्ने निर्णयबाट निकैउत्साह मिलेको छ ।

हजारे अभियानको नाममा गैरआवासीय नेपाली संघले प्रस्ताव गरेको अभियानलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलेतदारुकताका साथ निकट भविष्यमा कार्यन्वयनमा ल्याउने अपेक्षा हामीलेगरेका छौ । यस कदमले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारकोसामाजिक सुरक्षाको प्रत्याभूती गर्नुका साथै कामदारहरुको बचतकोबानी बसाल्नेछ । यस कोषमा गरिएको बचत मार्फत कामदारलेभविष्यमा कुनै पनि प्रकारको आर्थिक संकटको सामना गर्नुपर्ने छैन रसाथै देशले पनि यसबाट संकलित रकमलाई जलविद्युत, कृषिलगायतका अन्य विकासका क्षेत्रमा लगानी गर्न सक्दछ ।

 

विदेशी नियोग मार्फत विदेशमा पुनः श्रमस्वीकृति कार्यान्वयनमा लाने, श्रम सीप बैंक स्थापना गर्ने, विदेश स्थित नियोगबाट मागपत्रको अनुगमन गर्ने र अनलाइन प्रणाली मार्फत विभिन्न निकायहरुलाई जोडी कामदार र सरकारी निकाय बीच समन्वय गराउने तर्फ सकारात्मक पहल भएकोमा संघ सरकार प्रति हार्दिक आभार प्रकट गर्दछ ।

 

छोटो समयमा नै वैदेशिक रोजगारको क्षेत्रको सुधारका लागि नेपाल सरकारबाट पछिल्लो समयमा भएका विभिन्न महत्वपूर्ण निर्णयलेविदेशमा रहेका नेपाली कामदारहरुलाई निकै उत्साह मिलेको छ ।गैरआवसीय नेपाली संघ यसप्रकारको महत्वपूर्ण कदमहरुको सधैं स्वागत गर्दछ र आवश्यक क्षेत्रहरुमा सहयोग र सहकार्यका लागि प्रतिवद्धता प्रकट गर्दछ ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

Mobile Sliding Menu

Himalayamail.com