राहत वितरणमा प्रदेश सरकारले विभेद गरेको आरोप

पर्सा । प्रदेश नं २ को सरकारले आन्दोलनका घाइतेलाई राहत रकम वितरण गर्दा विभेद गरेको आरोप तेस्रो मधेश आन्दोलनका घाइतेले लगाएका छन्।

विसं २०७२ मा भएको मधेश आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागी गम्भीर घाइते भएका चार घाइतेले आज यहाँ पत्रकार सम्मेलन गरी मधेशवादी नेताले आफू निकटकालाई सामान्य घाइते हुँदासमेत लाखौंँ रुपैयाँ राहत प्रदान गरे पनि प्रहरीको गोली लागी घाइते भएकालाई नगण्य राहत प्रदान गरेको आरोप लगाए।

वीरगञ्ज महानगरपालिका-२२ निवासी उपेन्द्र यादवले प्रहरीले चलाएको गोली खुट्टामा लागी आफू घाइते हुँदा ३० महिनासम्म स्वदेश तथा विदेशका विभिन्न अस्पतालमा उपचार गराउँदा आफ्नो घरजग्गा बिक्री गरी रु १५ लाख खर्च भएकामा शोधभर्ना माग्दा प्रदेश नं २ का मुख्यमन्त्रीले नदिने बताएको भन्दै यस्तो विभेदको अन्त्य गर्न केन्द्र तथा प्रदेश सरकारलाई आग्रह गरे।

“मलाई छ जनाको परिवार पाल्न गाह्रो भएको छ, म कामसमेत गर्न सक्षम छैन, आफ्नो परिवारको भरणपोषण तथा बालबालिकाको पढाइको जिम्मा सरकारले लिनुपर्छ ”, उनले भने, “यही साउन ३ गते प्रदेश सरकारले वीरगञ्जका दुई जना घाइतेलाई रु तीन लाख राहत प्रदान गरे पनि मलाई रु एक लाख र उपचारमा गरिएको खर्चसमेत दिएनन्।”

मधेश आन्दोलनका अर्का घाइते नगिना पासवानले प्रहरीले चलाएको गोली टाउकामा नै रहेको र आफू कामसमेत गर्न नसकेकाले परिवारको भरणपोषणमा समस्या भए पनि केन्द्र तथा प्रदेश दुवैै ठाउँमा सरकारमै रहेका मधेशवादी नेताले कुनै वास्ता नगरेको आरोप लगाए।

आँखाबाट आँशु झार्दै पासवानले भने, “टाउकोमा रहेको गोलीका कारण मैले काम गर्न सकेको छैन, मेरो आर्थिक अवस्था बिग्रिँदै गएकाले परिवारको भरणपोषणको प्रबन्ध मिलाइदिन केन्द्र तथा प्रदेश सरकारसँग आग्रह गर्छु।”

पत्रकार सम्मेलनमा सहभागी मधेश आन्दोलनका घाइते लालबाबुप्रसाद र अनर्जित यादवले सबै घाइतेलाई उचित राहत र उपचार खर्च अविलम्ब दिन माग गरे।
रासस

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Mobile Sliding Menu

Himalayamail.com