भारतबाट चार नेपाली बालकको उद्धार

बुटवल । भारतको एक बाल सुधारगृहमा रहेका चार जना नेपाली बालकको उद्धार गरिएको छ। उनीहरुलाई प्रवासी नेपाली मित्र मञ्च भारतको सहयोगमा उद्धार गरी नेपाल ल्याइएको हो।

लामो समयदेखि भारतको उत्तर प्रदेशस्थित देवरियाको बाल सुधारगृहमा रहेका चार बालकलाई प्रवासी नेपाली मित्र मञ्च भारतले उद्धार गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाएको हो।

आफ्नो घर ठेगाना र अभिभावकसमेत बताउन नसक्ने अवस्थाका ती बालकलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संरक्षणमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बालकको आफन्तसमक्ष पुर्याउन सहयोगका लागि सबैमा अपिलसमेत गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए।

डिसी नेपाल

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Mobile Sliding Menu

Himalayamail.com